आफ्नो युजर आईडि र पासवर्ड प्रयोग गरेर लग ईन गरी Profile Unlock मा क्लिक गरी Biometric Absent चढाउने र 15 दिन पछि पुनः आवेदन दिनुपर्छ।
Citizenship Already Registered भनेमा सवारी चालक अनुमतिपत्रको लागि पहिले नै सही नागरिकता नम्बर राखेर युजर आईडि बनाएको बुझ्नु पर्छ। सुरुमा युजर आईडि बनाउदा प्रयोग भएको मोबाईल नम्बर भएमा कार्यालयले युजर नेम र पासवर्ड उपलब्ध गराउन सक्नेछ र सोही युजर आईडिवाट सवारी चालक अनुमतिपत्रको लागि आवेदन गर्नु पर्छ।
तपाई संग भएको लाईसेन्समा भएको जन्म मिति र आवेदन गर्ने Website मा भएको तपाईको युजर आईडिको जन्म मिति फरक भएमा EDL Server Busy भनेर देखाउछ। यसलाई सच्याउन सुरुमा लाईसेन्स जारी गर्ने यातायात कार्यालयमा गएर सच्याउन लाउनु पर्छ र फेरी आवेदन गर्नु पर्छ। Paper Card License को जन्म मिति AD र BS एउटै प्रविष्टी गर्नाले त्यस्तो भएको हो।
Office Visit Date को भोलि पल्ट युजर आईडि खोलेर Profile Unlock मा क्लिक गरी Biometric Absent चढाउने अनि गलत भएको बिबरणलाई सच्याएर 15 दिन पछि पुनः आवेदन दिनु पर्छ। 15 दिन भित्र आवेदन गरेमा एउटै Reference Number सृजना भएर पुरानै बिबरण कार्यालयमा प्राप्त हुन्छ र कार्यालयले त्यसलाई स्वीकार गर्दैन।